
Tom Andrews, UN Special Rapporteur on the situation of human rights in Myanmar, speaks at the press conference at the Palace of Nations, Geneva, Switzerland - 20 Mar 2023 UN Photo / Elma Okic
बैङ्कक, २७ असार । म्यान्माका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतले बिहीबार मुलुकको जुन्ता सरकारले ‘नियन्त्रण गर्न नसकिने गरी मुलुकलाई ध्वस्त पार्ने प्रयास गरिरहेको’ जस्तो देखिएको चेतावनी दिएका छन् । जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूको गठबन्धन र सेनाबीचको झडपहरूले जनवरीमा बेइजिङको मध्यस्थतामा गरिएको युद्धविरामलाई तोडेको छ ।
सन् २०२१ मा भएको सैन्य विद्रोहले लोकतान्त्रिक शासन समाप्त गरेदेखि जारी युद्धविरामलाई म्यान्माको उत्तरी क्षेत्रमा व्यापक लडाइँले केही समयका लागि रोकेको थियो । “जुन्ता आफ्नै खुट्टामा छ, यसले सैनिकहरू गुमाउँदैछ, यसले सैन्य सुविधाहरू गुमाउँदैछ र यसले वास्तवमै जमिन गुमाउँदैछ”, राष्ट्रसङ्घीय विशेष दूत टम एन्ड्र्युजले छिमेकी थाइल्यान्डको राष्ट्रिय सुरक्षा निकायलाई ब्रिफिङका क्रममा भने, “यस्तो लागिरहेको छ कि मानौँ जुन्ताले नियन्त्रण गर्न नसकिने गरी मुलुकलाई नष्ट गर्न खोजिरहेको छ ।”
उहाँका अनुसार आफ्नो क्षतिका लागि सेनाको प्रतिक्रिया भनेको नागरिकहरूमाथि आक्रमण गर्नु हो । पछिल्लो छ महिनामा विद्यालय, अस्पताल र मठहरूमा आक्रमणको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । धेरै दिनको झडपछि यस साताको प्रारम्भमा जातीय अल्पसङ्ख्यक लडाकूहरूले चीनको युनान प्रान्त जाने प्रमुख व्यापारिक राजमार्ग छेउमा रहेको एक सहरलाई सेनाबाट कब्जा गरेका थिए ।
जातीय सशस्त्र समूहहरूको गठबन्धनले सेनाविरुद्ध पुनः आक्रामक हमला गरेपछि उत्तरी शान राज्य गत महिनाको अन्त्यमा भएको लडाइँले डगमगाएको छ । झडपहरूले बेइजिङको मध्यस्थतामा भएको युद्धविराम समाप्त गरेको छ । अराकान आर्मी (एए), म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए) ताङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) को गठबन्धनको आक्रमणलाई युद्धविरामले रोकेको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




