
जेरूसेलम, २८ असार । गाजामा यसै साता भएको युद्धविराम वार्तालाई निरन्तरता दिन इजरायली प्रतिनिधिमण्डल बिहीबार साँझ इजिप्टको कायरोतर्फ गएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ । कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इजरायलको शिन बेट सुरक्षा निकायका निर्देशक रोनेन बार र इजरायली रक्षा बलका प्रतिनिधिसहितको प्रतिनिधिमण्डल वार्तालाई निरन्तरता दिन कायरो प्रस्थान गरेको छ ।
”इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभी न्युजका अनुसार गाजा पट्टी र इजिप्टबीचको सीमामा रहेको फिलाडेल्फिया करिडोरबाट इजरायली सेनाको सम्भावित फिर्ती र राफा क्रसिङ पुनः सञ्चालन गर्ने विषयमा वार्ता केन्द्रित हुनेछ । इजरायली सेनाले मे महिनाको सुरुमा प्यालेस्टिनी क्षेत्रमाथि कब्जा जमाउनुअघि मे महिनाको सुरुमा गाजा बन्द गर्नुअघि इजिप्टबाट गाजा प्रवेशका लागि फिलाडेल्फिया नाका महत्वपूर्ण प्रवेश विन्दु थियो ।
संयुक्त राज्य अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्तासँग दोहामा भएको चारपक्षीय वार्तापछि इजरायली वार्ता टोली भर्खरै फर्केको छ । नेतन्याहूको कार्यालयले भनेको छ, “बैठकमा इजरायली बन्धकलाई फिर्ता गर्ने सम्झौताका धारा र युद्धका सबै उद्देश्य हासिल हुने सुनिश्चित गर्दै रूपरेखा कार्यान्वयन गर्ने तरिकाहरूबारे छलफल भएको छ ।
हमासले बिहीबार पनि एक विज्ञप्ति जारी गर्दै इजरायलले वर्तमान चरणको वार्तालाई रोकेको र गाजामा बन्धक बनाइएका बन्धकहरूको रिहाईको बदलामा युद्धविरामसम्बन्धी सम्झौतामा पुग्ने प्रयासलाई विफल पार्ने प्रयास गरेको आरोप लगाएको छ । समूहले दोहा वार्तामा भएका नयाँ घटनाक्रमका बारेमा मध्यस्थकर्ताबाट कुनै अद्यावधिक जानकारी नआएको जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




