रुवाण्डामा कागामे ९९ प्रतिशत मतसहित चौथो कार्यकालका लागि निर्वाचित

-



     सफल आवाज    
     श्रावण १ गते २०८१ मा प्रकाशित



किगाली(रुवाण्डा), १ साउन । रुवाण्डाका राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि चुनावमा ९९।१५ प्रतिशत मतसहित निर्वाचित भएका छन् । जहाँ दुई प्रतिद्वन्द्वीलाई मात्र चुनाव लड्न अनुमति दिइएको थियो ।

मतदान बन्द भएको सात घण्टा पछि निर्वाचन आयोगले जारी गरेको आंशिक नतिजामा कागामेले ९९।१५ प्रतिशत मत प्राप्त गरेको देखाएको छ । जुन सात वर्ष अघिको मतदानमा उनले पाएको ९८।७९ प्रतिशत भन्दा पनि बढी हो । डेमोक्र्याटिक ग्रिन पार्टीका उम्मेदवार फ्रान्क हाबिनेजाले ०।५३ प्रतिशत र स्वतन्त्र फिलिप मपाइमानाले ०।३२ प्रतिशत मत प्राप्त गरेका छन् ।

सत्तारूढ रुवान्डन प्याट्रियोटिक फ्रन्ट ९आरपीएफ० को मुख्यालयबाट सम्बोधन गर्दै उहाँले आफूलाई थप पाँच वर्ष कार्यकाल दिएकोमा रुवान्डालीलाई धन्यवाद दिए । प्रस्तुत नतिजाले केवल तथ्याङ्क मात्र नभई सत प्रतिशत विश्वास भएको बताउदै उनले सबै मिलेर सबै समस्याहरू समाधान गर्न सक्ने उल्लेख गरे।

पूर्ण परिणाम जुलाई –२० सम्म र निश्चित परिणाम जुलाई –२७ सम्ममा आउनेछ । रुवाण्डालीका लागि निर्वाचन प्रक्रिया सुरक्षित र पारदर्शी वातावरणमा भएको राष्ट्रिय निर्वाचन आयोगले विज्ञप्तिमा जनाएको छ । ९० लाख भन्दा बढी रुवान्डालीमा–लगभग २० लाखले पहिलो पटक मतपत्र दर्ता भएको राष्ट्रपति पदको दौड पहिलो पटक विधायी चुनावको साथ एकै समयमा आयोजना गरिएको थियो । कागामेले सन् २००३, २०१० र २०१७ मा ९३ प्रतिशतभन्दा बढी मत प्राप्त गरी चुनाव जितेका थिए ।