उत्तर चीनमा भारी वर्षा र बाढीजन्य जोखिमको चेतावनी

-



     सफल आवाज    
     श्रावण ९ गते २०८१ मा प्रकाशित


TOPSHOT - This photo taken on August 2, 2023 shows a flooded street after heavy rains in Zhuozhou, in northern China’s Hebei province. Deadly rains that pummelled China's capital in recent days were the heaviest since records began 140 years ago, Beijing's weather service said on August 2, as a massive cleanup operation began. (Photo by AFP) / China OUT


बेइजिङ, ९ साउन । उत्तरी चीनमा भारी वर्षाका कारण बाढी र पहिरो आउन सक्ने चेतावनी अधिकारीले दिएका छन् । चीनले चरम मौसमको गर्मी सहन गरिरहेको छ, पूर्व र दक्षिणमा भारी वर्षा भइरहेको छभने उत्तरको धेरै भाग लगातार गर्मीको चपेटामा परेको छ ।

बेइजिङमा ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा बढीको चर्को तापक्रमपछि शहरका अधिकारीले बुधबार बाढी रोकथामको दोस्रो उच्च प्रतिक्रिया सुरु गरेका छन्।

बुधबारदेखि बिहीबार साँझसम्म २४ घण्टाको अवधिमा करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको राजधानीका केही भागमा १५० मिलिमिटरसम्म वर्षा हुन सक्ने सहरका अधिकारी विच्याटमार्फत् जारी गरेको विज्ञप्तिमा जनाइएको छ । वर्षाका कारण पर्वतीय धार, भूस्खलन र अन्य गौण विपत्ति आउन सक्ने बताइएको छ ।

शहरका अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै केही पर्यटकीय स्थलका साथै पर्वतीय तथा नदी किनारका होस्टलहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएका छन् । बेइजिङका बासिन्दालाई बाहिरी गतिविधि कम गर्न, पहाडी वा नदी किनारका क्षेत्रहरूबाट टाढा रहन र आश्रय स्थलहरूमा ध्यान दिन आग्रह गर्दै सन्देशहरू प्राप्त भएका छन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बेइजिङलाई घेरेको र सात करोडभन्दा बढी मानिसको बसोबास रहेको छिमेकी हेबेई प्रान्तका अधिकारीहरूले पनि बाढीको चेतावनी दिएका छन् ।