प्रशान्त क्षेत्रको सहायतालाई ‘थप पारदर्शी’ बनाउन चीनलाई अष्ट्रेलियाको आग्रह

-



     सफल आवाज    
     श्रावण २३ गते २०८१ मा प्रकाशित



सिड्नी, २३ साउन । अस्ट्रेलियाले बेइजिङ र पश्चिमा मुलुकबीच ‘स्थायी प्रतिस्पर्धाको अवस्था’ रहेको स्वीकार गर्दै चीनलाई प्रशान्त महासागरीय टापुमा ‘जबर्जस्ती’ नगर्न र बुधबार प्रदान गरिने सहायतामा थप पारदर्शी हुन आग्रह गरेको छ ।

अस्ट्रेलियाका प्रशान्त क्षेत्रमामिला मन्त्री प्याट कोनरोयले प्रशान्त टापु राष्ट्रहरूका लागि जाने नयाँ आर्थिक अवसरहरू ‘जबर्जस्ती वा हस्तक्षेपकारी’ भूमिकामा प्रवाशित हुन नहुने बताए ।

“हामी यस्तो क्षेत्र हेर्न चाहन्छौं, जहाँ राज्यहरूले जबर्जस्तीबाट मुक्त र अन्तर्राष्ट्रिय कानुनअनुसार सार्वभौमिकताको प्रयोग गर्न सकून्,” उनले अस्ट्रेलियामा एक थिङ्क ट्याङ्क समूहद्वारा आयोजित सार्वजनिक नीति बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै भने।

“हामी प्रशान्त क्षेत्रमा शान्तिपूर्ण र स्थिरता चाहन्छौं,” यसै महिनाको अन्त्यमा टोङ्गामा हुने प्रशान्त टापू क्षेत्रीय शिखर सम्मेलनअघि उनले भने। “चीनले दिइरहेको सहायता थप पारदर्शी हुनुपर्दछ र पूर्वाधार परियोजनाहरूलाई प्रशान्त क्षेत्रका लागि स्थानीय रोजगारी, सीप र खरीद बढाउने अवसरको रूपमा लिनुपर्छ ।”

सन् २०२२ मा सोलोमन टापुसँग बेइजिङले गोप्य सुरक्षा सम्झौतामा हस्ताक्षर गरेपछि दक्षिण प्रशान्त क्षेत्रमा क्यानबेरा र वासिङ्टनले टापु राष्ट्रहरूसँगको सम्बन्धलाई मजबुत बनाउन धक्का दिइरहेका छन् ।