
काराकस, २७ साउन । भेनेजुएलाका विपक्षी उम्मेदवारले शनिबार राष्ट्रपति निकोलस मदुरोसँग ‘हिंसा र उत्पीडन’ अन्त्य गर्न आह्वान गरेका छन् । मुलुकको उच्च अदालतले जुलाई २८ को विवादित निर्वाचनमा आगामी फैसलाविरुद्ध पुनरावेदन गर्न नसकिने बताएको केही घन्टापछि विपक्षी उम्मेदवारले उक्त आह्वान गरेका हुन् ।
ठूलो अन्तरले राष्ट्रपति पदमा विजयी भएको दाबी गर्ने एडमन्डो गोन्जालेज उरुटियाले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै मदुरोसँग स्वतन्त्र राजनीतिक अभिव्यक्तिको अनुमति दिन माग गरे। “म सबै भेनेजुएलाबासीका तर्फबाट तपाईंसँग हिंसा र उत्पीडन अन्त्य गर्न तथा मनमानी ढङ्गले हिरासतमा राखिएका सबै देशबासीलाई तुरुन्त रिहा गर्न आग्रह गर्दछु”।
निर्वाचनपछिको अशान्तिलाई उल्लेख गर्दै ७४ वर्षीय गोन्जालेज उरुटियाले भने, “हाम्रो संविधानप्रतिको सम्मानको माग गर्नु कुनै अपराध होइन, लाखौँ भेनेजुएलाबासीको इच्छालाई समर्थन गर्न शान्तिपूर्ण प्रदर्शन गर्नु कुनै अपराध होइन ।”
निर्वाचनपछिको हिंसामा २४ जनाको मृत्यु भएको थियो भने दुई हजार दुई सय जनालाई पक्राउ गरिएको छ । सर्वोच्च अदालतले निर्वाचनमा लडेका उम्मेदवारका लागि आफ्नो आगामी फैसला ‘अन्तिम’ हुने बताएपछि एक साताभन्दा लामो समयदेखि सार्वजनिकरूपमा नदेखिनुभएका गोन्जालेज उरुटियाको उक्त सन्देश आएको हो ।
सर्वोच्च अदालतका अध्यक्ष कारिल्सिया रोड्रिग्वेजले भने, “अन्तिम फैसला गर्ने उद्देश्यले सन् २०२४ अगस्ट ५ मा सुरु भएको मूल्याङ्कनलाई जारी राखिएको छ, यसका फैसला अन्तिम र बाध्यकारी हुनेछन् ।”








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




