
ढाका, १२ भदौ । बङ्गलादेशका अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सुरक्षा फौजले बलपूर्वक बेपत्ता पारेका सयौँ घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको बुधबार बङ्गलादेश सरकारले जनाएको छ।
बलपूर्वक बेपत्ता पारेका भनिएका घटनामा कुख्यात ¥यापिड एक्सन बटालियन (आरएबी) भनिने अर्धसैनिक बलको अत्यधिक संलग्नता रहेको छ। आरएबीलाई धेरै अधिकार उल्लङ्घनको आरोप लगाइएको छ, र यसलाई संयुक्त राज्य अमेरिकाले गैरन्यायिक हत्या र बलपूर्वक बेपत्ता पार्ने भूमिकाको लागि प्रतिबन्ध लगाएको थियो।
ह्युमन राइट्स वाचले सन् २००९ मा हसिना सत्तामा आएयता सुरक्षा फौजले ‘६०० भन्दा बढी बलपूर्वक बेपत्ता पारिएका’ घटना रेकर्ड गरेको र करिब १०० जना कहाँ छन् अहिले पनि कुनै जानकारी छैन। पक्राउ पर्नेमा हसीनाका प्रतिद्वन्द्वी बङ्गलादेश नेसनलिस्ट पार्टी र देशको सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीका रहेका छन्।
हसिनाको सरकारले लगातार आरोपको खण्डन गर्दै बेपत्ता भएकामध्ये केही युरोप पुग्ने क्रममा भूमध्यसागरमा डुबेको दाबी गरेको छ। हप्तौंदेखि जारी विद्यार्थी आन्दोलनले १५ वर्ष लामो शासनको अन्त्य गर्दै राजीनामा दिन बाध्य पारेपछि पूर्वप्रधानमन्त्री हसिना अगस्ट ५ मा हेलिकप्टरबाट भारत गई शरण लिइरहेकी छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




