जेबिएनएल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृतमा प्रविना पाण्डे नियुक्त

-



     सफल आवाज    
     भाद्र १९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १९ भदाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी जे.बि.एन.एल. सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रविना पाण्डे नियुक्त भई कार्यभार सम्हालेकी छन ।

पाण्डे बिगत १ दशक देखि धितोपत्र कारोबार सम्बन्धी क्षेत्रमा संलग्न भई व्यवस्थापन तहमा कार्यरत रहेकी थिइन । पाण्डेले फाइनान्समा एमबिए तहको शैक्षिक योग्यता हासिल गरेकी छन । उनको नेतृत्वमा संस्थाले थप प्रगति गर्ने अपेक्षा गरिएकाे छ ।