सेयर बजारमा भारि गिरावट, करिब १३ अर्बको कारोबार

-



     सफल आवाज    
     भाद्र १९ गते २०८१ मा प्रकाशित



काठमाडौं, १९ भदौ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा भारि गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा भारि गिरावट भएको छ । कारोबार रकम पनि अन्य दिनहरुको तुलनामा कम नै देखिएको छ ।

नेप्सेमा यसदिन ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा झरेको छ । नेप्से ३.२० प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स १६.३१ अंकले घटेर ४८८.७१ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरु सबै राताम्मै भएका छन् । कुल ३२० कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयरको कारोबारबाट १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँ २२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३० करोड ५२ लाख ६१ हजार ३११ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै एक्सल डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य बढेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै कुमारी इक्वीटि फण्डको सेयरमूल्य घटेको छ । फण्डको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।