
मनिला, ४ असोज । जलस्रोत व्यवस्थापन, पानीमा पहुँच तथा जलवायु परिवर्तनका प्रभावलाई सुधार गर्न एसियाली विकास बैङ्क (एडीबी) ले भारतका लागि शुक्रबार ५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
भारतको मेघालय राज्यमा जलवायु–अनुकूल समुदाय–आधारित जल–सङ्कलन परियोजनाले मौसमको जोखिम व्यवस्थापन गरी जलसञ्चय प्रणाली गुरूयोजना विकास गर्न मद्दत गर्ने एडिबीले जनाएको छ ।
आयोजनाले १२ जिल्लामा ५३२ वटा पानी भण्डारण सुविधा निर्माण गर्न सहयोग गर्ने बैङ्कले जनाएको छ। मनसुनको समयमा जलवायु परिवर्तन, भारी वर्षा र बाढीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्षम बनाइने उल्लेख गरिएको छ ।
भण्डारण गरिएको पानीले हिउँदे सुख्खा मौसममा सिँचाइको पानी उपलब्ध गराउने र मनसुनको समयमा बाढी व्यवस्थापनमा फाइदा पुग्ने जनाइएको छ ।
परियोजनाले अन्तरर्गत एडीबीले कृषकलाई भरपर्दो सिँचाइ क्षेत्र उपलब्ध गराउने कम्तीमा तीन हजार हेक्टर ‘कमाण्ड एरिया’ पनि विकास गर्ने जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




