
कोलम्बो, ६ असोज । श्रीलङ्कामा शनिबार सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक मतगणनामा माक्र्सवादी नेता अनुरा कुमारा दिसानायकाले अग्रता कायम गरेका छन् ।
आइतबार बिहानसम्मको मतगणनाअनुसार दिसानायकाले १० लाखभन्दा बढी मत अर्थात् ५२ प्रतिशत मत पाएका छन् । विपक्षी नेता साजिथ प्रेमदासा २३.३ प्रतिशत मतका साथ दोस्रो स्थानमा छन् भने रनिल विक्रमासिङ्घे १६ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
सन् २०२२ मा देखिएको चरम आर्थिक सङ्कटका कारण चलेको आन्दोलनका भरमा तत्कालिन राष्ट्रपति गोटबाय राजपाक्षले राजिनामा गरेपछि उनको स्थानमा त्यहाँको संसद्ले रनिल विक्रमासिङ्घेलाई चयन गरेको थियो । विक्रमासिङ्घेले राजपाक्षको पलायन र राजिनामापछि खालि रहेको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्दै सङ्कटग्रस्त अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने काम गरे ।
सन् २०२२ को आर्थिक मन्दीको चरमोत्कर्षमा सत्तामा पुगेका वर्तमान राष्ट्रपति रानिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बेलआउटको शर्तअनुसार कडा मितव्ययिता नीति लागू गरेका थिए । राष्ट्रपति विक्रमासिङ्घेको कर वृद्धि र आईएमएफको २.९ अर्ब अमेरिकी डलरको बेलआउटअन्तर्गत मन्दीलाई सही दिशा दिन लगाइएका अन्य उपायहरूले लाखौंलाई जीविका चलाउनसमेत कठिन भएको थियो ।
गत वर्ष सरकारले विदेशी ऋण नतिरेपछि प्राप्त गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को उद्धार प्याकेजका शर्तहरूमा पुनः छलफल गर्ने अभियानको क्रममा विक्रमासिङ्घेले गरेका वाचालाई दिसानायकाले निरन्तरता दिने प्रतिबद्धता जनाृनुभएको थियो । आठ हप्तालामो अभियानमा आर्थिक मुद्दाहरू हावी भएका थिए र दुई वर्षअघि सङ्कटको चरमोत्कर्षमा पुगेदेखि भोगेका कठिनाइहरूप्रति व्यापक जनआक्रोश देखिएको थियो।
आइतबारसम्म आधिकारिक नतिजा आउने अपेक्षा गरिएको छैन तर विदेशमन्त्री अली साबरीले प्रारम्भिक गणनाले दिसानायकाले जितेको स्पष्ट भएको स्वीकारोक्ति व्यक्त गरे। “मैले राष्ट्रपति रानिल विक्रमासिङ्घेका लागि धेरै प्रचार गरे पनि श्रीलङ्काका जनताले आफ्नो निर्णय लिएका छन् र अनुरा कुमारा दिसानायकाका लागि उनीहरूले दिएको जनादेशलाई म पूर्ण सम्मान गर्छु,” साब्रीले सामाजिक सञ्जालमा लख्नुभएको छ ।
श्रीलङ्काका एक करोड ७१ लाख मतदातामध्ये करिब ७६ प्रतिशतले शनिबार सम्पन्न निर्वाचनका लागि मतदान गरेका थिए । सन् १९७० र १९८० को दशकमा दिसानायकाको माक्र्सवादी पार्टीले दुई असफल विद्रोहको नेतृत्व गरेको थियो जसमा ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।
उहाँको दललेसन् २०२० को संसदीय चुनावमा चार प्रतिशतभन्दा कम मत प्राप्त गरेको थियो तर श्रीलङ्काको सङ्कटले ५५ वर्षीय दिसानायकाका लागि देशको नेतृत्व गर्ने अवसर प्रदान गरेको छ । उनले श्रीलङ्काको ‘भ्रष्ट’ राजनीतिक संस्कृति परिवर्तन गर्ने आफ्नो प्रतिज्ञाको आधारमा समर्थनमा वृद्धि भएको बताए। “हाम्रो देशलाई नयाँ राजनीतिक संस्कारको खाँचो छ,” शनिबार मतदान पछि उनले भने।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




