
कोक्स बजार, बङ्गलादेश, ७ असोज । सैयद गत महिना दोस्रो पटक म्यान्माबाट भाग्ने सयौँ रोहिङ्ग्या शरणार्थीमध्ये एक हुन्। सैयद (प्रतिशोधबाट बचाउनका लागि नाम परिवर्तन) उत्पीडनमा परेका राज्यविहीन मुस्लिम अल्पसङ्ख्यक हजारौं युवाहरूमध्ये एक हुन्।
उनीहरूले सैयद र अन्य युवा रोहिङ्ग्याको हितका लागि नभई युद्ध लड्नका लागि बङ्गलादेशबाट बोलाई म्यान्माको सेना (लडाकू दस्ता) मा भर्ती गरेका थिए । तर त्यहाँ टिक्न नसकेपछि उनीहरू पुनः शरणार्थीकारूपमा बङ्गलादेश फर्किएका छन् ।
म्यान्मारको सेनामा उनीहरूको भर्तीले नागरिकविरुद्ध बदलाको आक्रमणलाई उत्प्रेरित गरेको छ र हजारौँलाई बङ्गलादेशमा धकेलेको छ, जहाँ पहिले नै लगभग १० लाख रोहिङ्ग्या शरणार्थीहरू छन्। ’उनी भागेर विगत सात वर्षदेखि घर बोलाइएका बङ्गलादेशी राहत शिविरमा फर्केलगत्तै सैयदले एएफपीसँग भने, “त्यहाँ (म्यान्मा)का जनताले निकै सास्ती भोगिरहेका छन् । मैले आफ्नै आँखाले त्यो देखेको छु ।
“कोही खानेकुराको अभावमा छन् त कतिको भोकमरीका कारण मृत्यु भइसकेको छ”, २३ वर्षीया उनले भने, “बाँकी सबै जना आफ्नो ज्यान बचाउने प्रयासमा व्यस्त छन्।” सैयदले आफूलाई गत जुनमा शिविरमा कार्यरत रोहिङ्ग्या सशस्त्र समूहले भर्ती गरेको र म्यान्मारको जुन्टाविरुद्ध युद्ध गरिरहेको विद्रोही समूह अराकान सेनाविरुद्ध लड्न पठाइएको बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




