सूर्यदर्शन सहकारीको ३ करोड रकम ठगीको कसुरमा थप १ जना पक्राउ

-



     सफल आवाज    
     असाेज १५ गते २०८१ मा प्रकाशित



पोखरा, १५ असोज । पोखरा महानगरपालिका वडा नं ४ नालामुखमा संचलनमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी गर्ने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सो सहकारीको बचत तथा जगेडा लगायत विभिन्न कोषमा रहेको रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रुपमा गितेन्द्र बाबु राईसंग मिलेमतो गरी रुपैयाँ ३ करोड भन्दा बढी रकम आफ्नो बैंक खातामा लगेर चल अचल सम्पति खरिद गर्ने र सेयर कारोबारमा लगानी गर्ने लीला पछाईलाई असोज १४ गते पोखरा महानगरपालिका वडा नं ४ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

गुल्मिको मुसिकोट नगरपालिका वडा नं ४ स्थायी घर भएकी हाल ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं १५ खुमलटारमा बस्ने वर्ष ३२ की पछाईलाई पक्राउपछि अदालतबाट ४ दिनको मिलान म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।