
ललितपुर २२ आश्विन । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले सत्प्रयास सिद्धि सेवाश्रमलाई नगद सहयोग प्रदान गरेको छ । फाइनान्सले हालै गएको विनासकारी बाढी, पहिरोको कारणले देशका विभिन्न भागमा ठुलो मानवीय एवम भौतिक क्षति भएको सन्दर्भमा काठमाडौं महानगरपालिका वडा नं. १२ टेकु पचलीघाटमा अवस्थित वाढी पहिरो प्रभावित सत्प्रयास सिद्धि सेवाश्रममा पनि भौतिक क्षति भएकोमा सार्वजनिक हित तथा परोपकारी कामलाई प्राथमिकता दिंदै त्यस वृद्धाश्रममा आश्रय गरिरहनुभएका वृद्ध–वृद्धाहरुका लागी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगद रकम सहयोग गरेको छ ।
नगद सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्गको समुपस्थिति रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले विगत देखि नै सामाजिक काममा सहकार्य गर्दै आईरहेकोे र आगामी दिनहरुमा पनि यसै गरी सहयोग कार्यलाई निरन्तरता दिने कुरामा संस्था प्रतिबद्व रहेको बताएको छ । संस्थाले हाल मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको बताइएको छ ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




