
काठमाडौं, २३ असाेज । सानिमा जीआइसी इन्स्याेरेन्सको आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरिएकाे छ । इन्स्याेरेन्सले ११ लाख ३ हजार ४०५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हाे।
लिलामी सेयर खरिदका लागि संस्थापक सेयरधनीहरू, व्यक्ति, कम्पनी र संघसंस्थाहरूले आवेदन दिन पाउनेछन् । उनीहरूले घटीमा २५० रुपैयाँ र त्याेभन्दा माथिकाे मूल्य कबोल गरेर शिलबन्दी बोलपत्र पेश बुझाउनु पर्नेछ ।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले घटीमा ७ हजार कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् । लगानीकर्ताले कात्तिक ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
सेयर लिलामीमा बिक्री प्रबन्धक सानिमा क्यापिटल, सममार्ग काठमाडौंमा आवेदन दिनुपर्नेछ ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




