काठमाडौं, २३ असोज । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१८ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ०.१५ अंकले बढेर ४८०.३८ विन्दुमा रहेको छ ।
यसदिन १३ उपसमूहहरुमध्येमा ४ वटामा रातो लागेको छ । बाँकी रहेका ९ वटामा हरियो लागेको छ । कुल २९४ कम्पनीहरुको सेयर कारोबार भएको छ ।
उनीहरुको ८३ लाख १२ हजार ६८५ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ रुपैयाँ ८४ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको २२ करोड १ लाख ५८ हजार ८९६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




