
काठमाडौं, २७ असाेज । ठूलो स्टील उद्योग रहेको श्री जय अम्बे स्टील्स लिमिटेडले शेयर (आइपीओ) खुलाउने भएकाे छ । कम्पनीले वार्षिक रूपैयाँ ४० अर्बकाे कारोबार गर्दछ ।
नेपालको ठूलो व्यावसायिक समूहकाे आधुनिक स्टील उद्योग श्री जय अम्बे स्टील्सले शेयर निष्कासनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेकाे छ ।
शेयर निष्कासन गर्नका लागि अम्बे स्टील्स र एनआइएमबी एस क्यापिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कम्पनीले साधारणसभाबाट शेयर (आइपीओ) खुलाउन विशेष प्रस्ताव अनुमाेदन गरिसकेकाे छ ।
२०७६ सालमा स्थापना भएको जय अम्बे स्टील्स उद्याेगकाे उत्पादन क्षमता प्रतिदिन १ हजार टन रहेको कम्पनीले जनाएकाे छ । जसकाे ८० प्रतिशत बजार हिस्सा स्टील्सको रहेको छ ।
कम्पनीको उद्योग बाँके जिल्लाको नेपालगञ्जमा रहेको छ । उद्योगमा इन्डक्सन फर्नेसबाट टीएमटी स्टील, एम.एस बिलेट, एम.एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी, ग्याबियन बक्स उत्पादन भइरहेकाे छ ।
कम्पनीले आफ्नो उत्पादनको विस्तारकाे याेजना बनाइरहेकाे छ । साथै क्षमता बिस्तार गरेर सर्वसाधारणबाट पुँजी बिस्तारमा सहभागि गराएर उद्योगलाइ झन् मजबुत् बनाइने भएकाे छ ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




