
काठमाडाैं, २९ असोज । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली बुधबार बुकक्लोज गर्ने जनाएकाे छ ।
शेयरधनीहरूले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु सभामा सहभागि हुन र लाभांश पाउनका लागि याेग्य मानिनेछन् ।
कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएकाे छ। साथै कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांशसहित १५०.७८९ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीकाे बोनस शेयर वितरणपछि १० कित्ता बराबर नयाँ ८ कित्ता रेसियाेमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ।
सभाका लागि प्रस्ताव गरिएका एजेण्डाहरू अनुमाेदन गर्नका लागि १९ औँ साधारणा सभा कात्तिक ११ गते, लिसार ब्याङकेट, नक्साल, काठमाडौँमा डाकिएकाे छ । सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




