सुन तोलामा रु १४ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     असाेज २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ असोज । दशैंको बिदापछि खुलेको बजारमा सुनको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
यसदिन सुनको भाउमा रुपैयाँ १४ सयले बढेको छ । चाँदीमा रुपैयाँ २५ ले बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १४ सयले बढेर तोलाको १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि असोज २३ गते छापावाल सुन तोलाको १ लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो दिन साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार सेतो धातु चाँदीमा रुपैयाँ २५ ले बढेर तोलाको १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि असोज २३ गते चाँदी तोलाको १ हजार ९ सय रुपैंयाँमा कारोबार भएको थियो ।