काठमाडौं, २९ असोज । दसैं बिदापछि खुलेको नेपाली सेयर बजारको पहिलाे काराेबारकाे दृश्य सकारात्मक बनेको छ ।
साताको कारोबार हुने तेश्रो दिन मंगलबार नेप्सेको उकालोको यात्राले कार्तिक आउनै लाग्दा र असोज सकिनै लाग्दा सुधारको राम्रो संकेत भएको आकलन गरिएको छ ।
बिदा पछिको याे पहिलो कारोबार रकममा उल्लेख्य बढाेत्तरी नभए पनि सुधारको संकेतको रुपमा रहेको लगानीकताीहरु बताउँछन् । बजार ओरालो लाग्ला सधैं पर्ख र हेरको स्थितिमा पुग्ने लगानीकर्ताहरुमा आजको सकारात्मक दृश्यले उत्साहि बनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३१.४८ अंकले बढेर २७ सय विन्दुको नजिक अर्थात २६९९.६६ विन्दुमा पुगेको छ । नेप्सेमा १.१७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.९० अंकले बढेर ४८६.२९ विन्दुमा रहेको छ ।
यसदिन एउटा बाहेक बाँकी १२ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३०७ कम्पनीहरुको सेयर कारोबार भएको छ ।
उनीहरुको ६४ लाख १७ हजार २६७ कित्ता सेयरको कारोबार बाट ३ अर्ब ६२ करोड ३ लाख ३७ हजार ७९९ रुपैयाँ २४ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी जिएफसिएल अर्थात गुडवील फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १८ करोड ५ लाख १ हजार ३०४ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




