सुनकाे भाउमा नयाँ रेकर्ड : तोलाको १ लाख ६१ हजार ८ सय

-



     सफल आवाज    
     असाेज ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० असोज । सुनचाँदीको भाउ दिनदिनै बढि रहेको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर नयाँ रकेर्ड कायम भएको छ ।

आज छापावाल सुनमा रुपैयाँ १३ सय तथा चाँदीमा रुपैयाँ २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १३ सयले बढेर तोलाको १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन रुपैयाँ १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यसदिन सेतो धातु चाँदीमा रुपैयाँ २५ ले बढेर तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी तोलाको १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।