अरुण भ्याली हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     कार्तिक ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ कात्तिक । अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ ।

कम्पनीले कम्पनीले साधारण सभा र लाभांश प्रयोजनार्थ कात्तिक ५ गते बुक क्लोज गर्ने जनाएकाे छ । यसका लागि आजसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनका लागि याेग्य हुनेछन् । 

कम्पनीले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१५७ प्रतिशत नगद लाभांशसहित ३.१५७ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव गरेकाे छ ।

यसैका लागि कात्तिक १४ गते साधारण सभा बाेलाइएकाे छ । सभा होटल क्रिस्टल पशुपती गौशाला काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । 

सभाबाट आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका एजेण्डाहरुमाथि पारित गरिने भएकाे छ । साथै आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ ।