सुनको भाउमा फेरि नयाँ रेकर्ड-तोलाको १ लाख ६५ हजार

-



     सफल आवाज    
     कार्तिक ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ कात्तिक । सुनचाँदीको भाउ निरन्तर बृद्धि भईरहेको छ ।

साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च रेकर्ड बनाएको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ९५ ले बढेको छ ।

छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सतो धातु चाँदीमा रुपैयाँ ९५ ले बढेर तोलाको २ हजार ७५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी तोलाको रुपैयाँ १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।