नेप्सेमा २०.४१ अंकको गिरावट, ६ अर्ब २७ करोडको कारोबार

-



     सफल आवाज    
     कार्तिक ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ कात्तिक । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा करेक्सन भएको छ ।

सेयर बजारमा घट्ने र बढ्ने कुरा नयाँ होईनन् । तर लामो समयसम्म स्थिर र सकारात्मक दृश्य नदेखिदा लगानीकर्ताहरुको उत्साहमा कमि हुनु स्वाभाविकै हो ।

नेपाल स्टक एक्सचृन्जका अनुसार नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ । नेप्सेमा ०.७६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.४५ अंकले घटेर ४७७.२६ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ११ वटामा रातो लागेको छ । बाँकी रहेका दुई वटामा मात्रै हरियो लागेको छ । कुल ३२४ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयरको खरिदबिक्रीबाट ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँ ७३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आईसिएफसी फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको ४३ करोड ४४ लाख ४३ हजार ६२१ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आईसिएफसी फाइनान्स लिमिटेडको सेयरकूल्य बढेको छ । फइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ४.२८ प्रतिशतले घटेको छ ।