सोल्टी होटलले बाेलायाे एजिएम, ३६ प्रतिशत लाभांस प्रस्ताव

-



     सफल आवाज    
     कार्तिक २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० कात्तिक । लाभांश लगायत विभिन्न प्रस्ताव पारित गर्न सोल्टी होटल लिमिटेडले पुष ४ गते साधारण सभा डाकेकाे छ । कम्पनीले यसपालि ३६.८४ प्रतिशत लाभांश दिने बताएकाे छ ।

यसअघि आर्थिक वर्ष २०७९–८० मा ३१.५८ प्रतिशत लाभांश वितरण गरिएको थियो । यसपटक केहि बढाएकाे कम्पनीले फेस भ्याल्यू १० रुपैयाँ रहेको जनाएकाे छ । 

यसमा १० प्रतिशत बोनस सेयर रहेकाे छ भने २६.८४ प्रतिशत नगद गरेर ३६.८४ प्रतिशत लाभांश वितरण गर्नेछ । साे प्रस्ताव पारित गर्नका लागि साधारण सभा नेपाल प्रज्ञा भवन, कमलादीमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश हुनेछ । साथै नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय एजेण्डाहरु रहेका छन् । सभाबाट आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षककाे नियुक्ती गर्ने र पारिश्रमिक ताेकिने भएकाे छ । 

साधारण सभाकाे प्रयोजनका लागि मंसिर १३ गते बुक क्लोज गरिने भएकाे छ । सभामा भाग लिन र लाभांश पाउनका लागि शेयरधनीहरुले मंसिर १२ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।