सुनमा रु २८ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

-



     सफल आवाज    
     कार्तिक २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० कात्तिक । तिहारको बिदापछि खुलेको नेपाली सुनचाँदी बजारको पहिलो कारोबारको दिन मंगलबार आज सुनचाँदीको भाउमा गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २८ सयले गिरावट भएको जनाएको छ । यस्तै चाँदीमा रुपैयाँ ६० ले घटेको जनाएको छ ।

छापावाल सुनमा यसदिन रुपैयाँ २८ सयले घटेर तोलाको १ लाख ६८ हजार २ सय रूपैयाँ कायम गरिएको छ । यसअघि कात्तिक १५ गते छापावाल सुन तोलाको १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा आज रुपैयाँ ६० ले गिरावट भई तोलाको २ हजार ३० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि कात्तिक १५ गते नै सेतो धातु चाँदी तोलाको २ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।