नेप्सेमा झिनो अंकको गिरावट, ४ अर्ब २० करोडको कारोबार

-



     सफल आवाज    
     कार्तिक २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० कात्तिक । तिहारपछि खुलेको नेपाली शेयर बजारको पहिलो कारोबार भएको दिन मंगलबार शेयर बजार ओरालो लागेको छ । यसदिन नेप्सेमा झिनो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.२१ अंकले घटेको छ । नेप्से २६७७.४० विन्दुमा झरेको छ भने ०.२१२ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ०.८२ अंकले घटेर ४७७.९९ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ७ वटामा हरियो लागेको छ । बाँकी रहेका ६ वटामा रातो लागेको छ । कुल ३०२ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको ९७ लाख १३ हजार ७३० कित्ता शेयरको कारोबार बाट ४ अर्ब २० करोड ५५ लाख ५ हजार २३७ रुपैयाँ ६१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको २९ करोड ९० लाख ८४ हजार २१२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सुपर माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।