समता घरेलु लघुवित्तको एफपीओमा पर्याे मागभन्दा ६०.७२ गुणा बढी आवेदन

-



     सफल आवाज    
     कार्तिक २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ कात्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओमा माग गरिएकाेभन्दा ६०.७२ गुणा बढी आवेदन परेको छ ।

आवेदन दिने अन्तिम दिन हिजाे बेलुका ५ः०६ बजेसम्म रुपैयाँ २ अर्ब १३ करोड ८ लाख ५७ हजार बराबरको आवेदन परेको जनाइएकाे छ । 

एफपीओमा १४ लाख ४२ हजार ४२० जना आवेदकले २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । संस्थाले कात्तिक १२ गतेदेखि ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ खुलाएकाे थियाे । 

शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।