ग्लोबल आइएमई लघुवित्तको नाफामा १९.०३ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     कार्तिक २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ कात्तिक । ग्लोबल आइएमई लघुवित्तको खुद नाफा बढेको छ ।

लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकाे वित्तीय विवरण हेर्दा खुद नाफा बढेकाे हाे । जाे बढेर रुपैयाँ ४ करोड ४ लाख ७७ हजार भएकाे छ । अघिल्लो वर्षमा साेहि अवधिमा लघुवित्तले रुपैयाँ ३ करोड ४० लाख ७ हजार खुद नाफा गरेकाे थियाे ।

खुद ब्याज आम्दानी ११.९६ प्रतिशतले घटेकाे छ । जाे रुपैयाँ १३ करोड ७१ लाख ३५ हजार रहेकाे छ । इम्पेयरमेन्ट चार्ज घटेकाेले खुद नाफा बढेको छ । इम्पेयरमेन्ट चार्ज गएकाे वर्षमा रुपैयाँ ४ करोड ६९ लाख ४५ हजार रहेको थियो । यसपटक रुपैयाँ ६८ लाख ९५ हजार रुपैयाँ रहेकाे छ । 

यस अवधिमा चुक्ता पुँजी रुपैयाँ ६१ करोड ८९ लाख रहेकाे छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ १८ पैसा बढेर २६ रुपैयाँ १६ पैसा भएकाे छ । नेटवर्थ १८७ रुपैयाँ ८ पैसा रहेकाे छ ।