सर्वोत्तम सिमेन्टकाे खुद नाफा २ करोड २५ लाख ऋणात्मक

-



     सफल आवाज    
     मंसिर १ गते २०८१ मा प्रकाशित



काठमाडौं, १ मङ्सिर । सर्वोत्तम सिमेन्टकाे खुद नाफा ऋणात्मक देखिएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा रुपैयाँ २ करोड २५ लाख ऋणात्मक रहेको छ।

असोज महिनाकाे अन्त्यसम्ममा कम्पनीले रुपैयाँ १ अर्ब ४५ करोड ५१ लाख सञ्चालन आम्दानी गरेको छ। कुल नाफा १२ करोड ३ लाख रुपैयाँ रहेको छ । अन्य आम्दानी ८८ लाख ४१ हजार रुपैयाँ रहेको पाइएकाे छ। कुल खर्च रुपैयाँ १४ करोड ८५ लाख रहेको छ।

प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ ९४ पैसा घटेकाे छ । नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा छ। कम्पनीकाे चुक्ता पूँजी रुपैयाँ ४ अर्ब ६५ करोड रहेकाे छ । इक्विटीमा रुपैयाँ ४ अर्ब २३ करोड ५४ लाख रहेको छ।