सुनमा रु १ हजारले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     मंसिर ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ मंसिर । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ १५ ले बढेको जानकारी दिएको छ ।

छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ९ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।