
काठमाडाैं, ४ मंसिर । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले शेयर खुलाउन कुमारी क्यापिटल लिमिटेडलाई शेयर निश्काशन तथा बिक्री प्रबन्धक ताेकेकाे छ ।
यसका लागि दुबै कम्पनीबीच सम्झौता गरिएकाे छ । सम्झौता भएपछि रूपैयाँ ३० करोड राबरको शेयर निष्काशनकाे प्रकृया शुरू भएकाे छ ।
प्रभु ग्रुप्स एण्ड कम्पनीका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडसहित चार कम्पनीको लगानीमा प्रभु केवलकार निर्माण गरिएकाे हाे ।
प्रभु केवलकारका तीनवटा केवलकार परियोजनाहरुमा बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना व्यावसायिक रुपमा सञ्चालनमा रहेका छन् ।
प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड लगानीकर्ता रहेकाे सिद्धार्थ केवलकार बुटवलकाे देउराली डाँडादेखि पाल्पाको नुवाकोटसम्म रहेकाे छ । साे स्थानमा राजा मणिमुकुन्द सेनको दरबार, डबली, भैरव मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत प्राचिन स्थलहरू छन्।








काठमाडौं, ८ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन यही मङ्सिर…
कास्की, ८ मङ्सिर। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…
काठमाडौं, ८ मंसिर। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको…
महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु… 




