शेयर बजार राताम्मै, रु १० अर्ब ४६ करोडको कारोबार

-



     सफल आवाज    
     मंसिर ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ मंसिर । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक राताम्मै भएको छ । कारोबार रकम भने सन्तोषजनक नै रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५१.११ अंकले घटेको छ । यसरी घटेको नेप्से २७०२.६५ विन्दुमा झरेको छ । नेप्सेमा १.८५ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ७.७४ अंकले घटेर ४७८.१६ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । ३१० कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयरको खरिदबिक्री १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५२१ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी न्यादी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४६ करोड ६८ लाख ९९ हजार ८०५ रुपैयाँ ७७ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै न्यादी ग्रुप पावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ९.२५ प्रतिशतले घटेको छ ।