बिहिबार सुनमा १ हजारले बृद्धि, चाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     मंसिर ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दनि बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजारले बढेको जनाएको छ । चाँदी बुधबारकै भाउमा खरिदबिक्री भईरहेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ६४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहेर तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेकाे छ । बुधबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।