अबकाे व्यवसाय प्रविधिमैत्री नभए पछि परिन्छ : मेयर आचार्य

-



     सफल आवाज    
     मंसिर ८ गते २०८१ मा प्रकाशित



पाेखरा, ८ मंसिर । पोखरा महानगरका प्रमुख धनराज चार्यले व्यावसायिक क्षेत्रमा समय अनुसारकाे परिवर्तनलाई अंगिकार गरेर अगाडी बढ्न जरूरी भइसकेकाे बताएका छन् । जमाना फेरिएकाे छ । पहिलेकाे जस्ताे ढर्रा र पाराले अब म्यानुअल भइरहे र कागजी पानाहरूमा सिमित रहे उभाे लाग्न कठिन हुने र पछि परिने बताए ।

एक दर्जन अग्रजहरूले पाेखराबाट सुरू गरेकाे पुस्तक तथा स्टेशनीकाे व्यवसाय अहिले देशभर फैलिएकाे र ठूलाे नेटकर्कमा रहन सफल भएकाे बताए । अहिले केन्द्र र प्रदेशमा महासंघ रहेकाे छ भने महसंघ अन्तर्गत रहेर जिल्लाहरूमा संघहरू रहेका छन् ।

अब व्यवसायीहरू संस्थागत विकासकाे लागि, नियमनकारी निकायलाई झकझक्याउदै अगाडी बढ्नु पर्ने आचार्यकाे भनाई रहेकाे थियाे । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीको ३१ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथ आचार्यले सेवामा विविधकरण खाेज्न अनुराेध गरे ।

पुस्तक तथा स्टेसनरी व्यवसाय सम्मानित र प्रतिष्ठित व्यवसाय हाे । याे प्रत्यक्ष सक्षम सुबल जनशक्ति उत्पादनसंग जाेडिएकाे छ । मेयर आचार्यले भने, हामीहरूबीचमा अझैं एकताकाे खाँचाे छ । पछिल्लाे पुस्ता जुझारू र जाेशिलाे भएकाे बताउदै उनले सक्रिय, सिर्जनशिल र उत्तरदायि हुनुपर्नेमा जाेड दिए ।

मेयर आचार्यले आफु पनि यहि व्यवसायबाट आएकाे स्मरण गर्दै केन्द्र पनि हाँकेकाे अनुभव भएकाेले सधैं उत्कृष्ट बन्दै आएकाे कास्की झनै उत्कृष्ट हुँदै जानेमा विश्वस्त रहेकाे बताए । उनले व्यवसायीकाे हकहितकाे लागि साथमै रहेकाे पनि उल्लेख गरे ।

सचिव संजय आचार्यकाे संचालनमा रहेकाे कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी महासंघका महासचिव विष्णु पौडेल, गण्डकी अध्यक्ष कृष्णप्रसाद पोखरेल, पूर्वअध्यक्ष प्रेमबहादुर श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य शुभकामना व्यक्त गरे ।

यस्तै, सल्लाहकार ऋषिराम शर्मा भण्डारी, मसलन्द तथा शैक्षिक सामग्री उत्पादक संघका केन्द्रीय सदस्य कृष्णराज ढुंगाना, कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोहरी  सापकोटा, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी, फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष एकनारायण पंगेनी लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका अध्यक्ष  कविन्द्र पोखरेलकाे अध्यक्षतामा भएकाे उद्घाटन सत्रमा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका उपाध्यक्ष ध्रुव पोखरेल, सचिव सञ्जय आचार्य  र सहसचिव रामप्रसाद सुवेदी लगायतले बोलेका थिए ।

साधारण सभाको अबसरमा तीनजना अग्रज व्यवसायी सावित्री कोइराला गौतम, गुप्त प्रसाद शर्मा र राजेन्द्र  घिमिरे तथा पत्रकार आरजु विष्ट सल्यानीलाई सम्मान गरिएकाे थियाे । साथै संघकाे उन्नयनमा याेगदान दिएका व्यवसायी रमेश पाैडेल, हिमाल स्टेशनरी तथा पेपर प्राेडक्ट बीरगञ्ज, साेपान स्टेशनरी गैह्रापाटन, हिमाल कपि उद्याेग लगायतलाई सम्मान गरिएकाे थियाे ।

साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिने निर्वाचन संयाेजक तथा संघका पूर्व अध्यक्ष ऋषिराम शर्मा भण्डारीले जानकारी दिए । उनले सकेसम्म सर्वसम्मत नभए लाेकतान्त्रिक प्रक्रियाबाट नेतृव चयन हुने बताए ।