मितेरी डेभलपमेन्ट बैंकले गर्याे लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिकाे बैंठकले १० प्रतिशत लाभांश दिने घोषणा गरेको हाे। यसमा गत वर्षको नाफाबाट शेयरधनीहरूलाई ९.५०७९ प्रतिशत बोनस शेयर रहेकाे छ । साथै ०.५००४ प्रतिशत नगद लाभांशसहित १० प्रतिशत लाभांश दिने घोषणा गरिएकाे हो । 

बैंक सञ्चालक समितिकाे बैंठककाे साे प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि तथा मितेरी बैंकको आगामी साधारण सभाबाट अनुमाेदन गरिएपछि वितरण गरिने भएकाे छ ।

बैंकले आर्थिक वर्ष २०७९-८० को नाफाबाट शेयरधनीहरूका लागि १० प्रतिशत लाभांश वितरण गरेको थियो ।