
पाेखरा, ९ मंसिर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कास्कीको नौ डाँडामा सदस्यहरुलाई शिपमुलक तालिम प्रदान गरेको छ । संस्थाले घरमै बसेर आयआर्जन गर्न सकिने र थौरे लगानीमा व्यवशाय सुरु गर्न सकिने तालिम सञ्चालन गरेको हो ।
ब्राइडल चुरा, क्रिष्टलका चुरा, पोते, औंठी, टप लगायतका गहना बनाउने सम्बन्धी तालिम संस्थाको नौडाँडा शाखाले आयोजना गरेको थियो । तालिममा २६ जना महिला सदस्यहरुले सहभागीता जनाएका थिए ।
तालिम यही मंसिर ०५ गते देखि ०७ गते गतेसम्म सञ्चालन गरिएको शाखाको शाखा प्रबन्धक बिष्णु पन्तले जानकारी गराए । तालिममा रबिना रिजालले प्रशिक्षण गराएकी थिइन ।
वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा लगानी मात्र नगरी उधमी बनाउन विभिन्न समयमा यस्ता शिपमुलक तालिमहरु समेत सञ्चालन गर्दे आइरहेको छ । संस्थामा हालसम्म ५४ जिल्लामा १२१ वटा शाखा र १,५०,००० भन्दा बढी सदस्यहरु रहेका छन् ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




