नेटो र युक्रेन बीच नयाँ रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता

-



     सफल आवाज    
     मंसिर ११ गते २०८१ मा प्रकाशित



ब्रसेल्स(बेल्जियम), ११ मङसिर । युक्रेन र नेटोका ३२ सदस्य राष्ट्रका राजदूतहरूले गत हप्ता रूसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा केनिद्रत रहि मङ्गलबार ब्रसेल्समा भेट वार्ता गरेका छन् ।

रूसले बिहीबार युक्रेनी सहर डिनिप्रोमा आक्रमण गरेको थियो जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नयाँ ओरेसनिक मिसाइलको परीक्षण भएको बताए।

क्रेमलिनका नेताले युक्रेनलाई रूस विरुद्ध आफ्नो हतियार प्रयोग गर्न दिने देशहरूमा सैन्य सुविधाहरूमा आक्रमण गर्न मस्कोलाई “अधिकार“ प्राप्त भएको भएको चेतावनी दिएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई रूसको मुर्खाता भन्दै पछिल्लो लडाइँ र नयाँ खतरालाई सामना गर्न अद्यावधिक हवाई–रक्षा प्रणालीका लागि अपील गरे।

नेटो–युक्रेन काउन्सिलको बैठक पछि किभले “ठोस र अर्थपूर्ण परिणामहरू“ प्राप्त गर्ने आशा गरेको छ । यद्देपी नेटोका कूटनीतिज्ञ र अधिकारीहरूले मङ्गलबारको परामर्शबाट कुनै नतिजाको खुलासा गरेका छैनन् ।