काठमाडौं, ११ मंसिर । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा आएको सकारात्मक माहोलले लगानीकर्तामा उत्साह थपिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६५.६६ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.५० अंकले बढेर ४७७.५७ विन्दुमा रहेको छ ।
यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३१२ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ४४ लाख ९२ हजार २७२ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९८७ रुपैयाँ ८९ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैधन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४५ करोड ७८ लाख ३१ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सपोर्ट माइक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य बढेको छ । संस्थाका शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ ।










सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




