
पाेखरा, १२ मंसिर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय भजनी कैलालीले केन्द्र नं ०७६.०११.०४.१ की सदस्य सुर्जी देवी बोहराको मृत्यु भएकोमा उनका श्रीमान तुल बहादुर बोहरालाई वीमा वापत रु. ३,२५,००० (अक्षरुपी तीन लाख पच्चीस हजार रूपैया मात्र) सहयोग रकम हस्तान्तरण गरेको छ ।
वित्तीय संस्थामा आवद्ध भई कर्जा कारोबार समेत गरिरहनु भएकी निज सदस्यको रू २,१५,७३६ कर्जा मिनाहा गरि रु. २५००० काजक्रिया खर्च सहितको रकम बराबरको चेक एक कार्यक्रमका बिच वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण विभाग प्रमुख रिसव सुबेदीले हस्तान्तरण गरेका छन ।
कार्यक्रममा भजनी शाखाका प्रमुख सुनिल जोशी, कर्मचारी, सदस्य तथा अभिभाबकहरुको बाक्लाे उपस्थितीमा रहेको थियो ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




