इयूका नयाँ पदाधिकारी किएभ भ्रमणमा

-



     सफल आवाज    
     मंसिर १६ गते २०८१ मा प्रकाशित



किएभ, युक्रेन, १६ मङ्सिर । युरोपेली सङ्घका नयाँ उच्च कूटनीतिज्ञ काजा कल्लास र युरोपेली परिषद्का प्रमुख एन्टोनियो कोस्टाले जिम्मेवारी सम्हालेको पहिलो दिन इयूको नयाँ नेतृत्वको युक्रेनप्रतिको सद्धभाव प्रकट गर्न आइतबार किएभ आइपुगेका छन्।

“हामी युक्रेनको साथमा छौं भन्ने स्पष्ट सन्देश दिन आएका हौं र हामीले आफ्नो पूर्ण समर्थन जारी राख्नेछाै,” कोस्टाले पत्रकारसँगको कुराकानीमा भने।

युरोपेली सङ्घको नयाँ नेतृत्व टोलीले युक्रेनका लागि खतरनाक क्षणमा किएभलाई समर्थन गर्न दृढ रहेको देखाउन चाहेको छ। जनवरीमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकी समर्थनको भविष्यलाई लिएर प्रश्नहरू उठिरहेका छन् र उनले छिटो शान्ति सम्झौताको खोजीमा किएभलाई दवाव दिनसक्ने चिन्ता यूरोपेली अधिकारीहरूको रहेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना युक्रेनी राजधानीमा रहेका सरकारी भवनमा आफ्नो नयाँ ओरेश्निक क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएपछि अमेरिकालगायतका युक्रेनका सहयोगी यूरोपेली राष्ट्रहरूले युक्रेनप्रतिको समर्थन जारी रहने आश्वासन दिएका छन् ।

किएभले अमेरिकी र बेलायती क्षेप्यास्त्रले रूसभित्र आक्रमण गर्ने अनुमति पाएको प्रतिक्रियास्वरुप यो कदम चालेको र हतियार आपूर्ति गर्ने देशहरूविरुद्ध जवाफी हमला गर्ने चेतावनी दिएको रूसी नेता पुटिनले बताए ।