
ब्रसेल्स(बेल्जियम), १८ मङ्सिर । युरोपेली सङ्घ (ईयु)का देशहरूले खेल मैदान र क्याफे लगायत धेरै बाहिरी क्षेत्रहरूमा धुमपानको प्रतिबन्धलाई समर्थन गर्दै कडा धुमपान विरोधी नियमहरू लागू गर्ने तयारी गरेका छन् ।
सदस्य राष्ट्रहरूले धुवाँ र वाष्प नियन्त्रण गर्न ब्रसेल्समा ब्लकको २७ राष्ट्रका स्वास्थ्य मन्त्रीहरूको बैठकमा उक्त प्रस्ताव पेश गरिनेछ । कूटनीतिक स्रोतहरूका अनुसार यस मुद्दामा राजनीतिक मतभेद भए पनि अनुमोदन हुने सम्भावना बलियो छ ।
यसले सरकारले भविष्यमा धुमपानका कारण हुने मृत्यु र रोगलाई कम गर्न खोज्ने नीतिहरूलाई सङ्केत गर्छ । सेप्टेम्बरमा युरोपेली आयोगको प्रारम्भिक प्रस्ताव पछिको मस्यौदाले ईयुका देशहरूलाई चुरोटमा प्रतिबन्ध विस्तार गर्न आह्वान गरेको छ ।
उक्त कानुन अन्र्तगत स्विमिङ्ग पूल, समुद्र तट, चिडियाखाना, रूफटप बार र रेस्टुरेन्ट टेरेसहरू लगायत स्थानहरूमा सबै धुम्रपान प्रतिबन्धित हुन्छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




