
नयाँ दिल्ली, २२ मङ्सिर । भारतको अन्तरिक्ष एजेन्सी र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा–३ उपग्रहहरू बोकेको पिएसएलभी–५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
इसरो भारतको राष्ट्रिय अन्तरिक्ष निकाय हो । यो अन्तरिक्ष विभाग (डिओएस) को प्रमुख अनुसन्धान र विकास शाखा को रूपमा काम गर्दछ । एजेन्सीले स्याटेलाइट नेभिगेसन प्रणालीहरू सञ्चालन गर्दछ ।
हालसम्म यसले चन्द्रमामा तीनवटा र मंगल ग्रहमा एउटा मिशन पठाएको छ । उक्त प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रमा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको हो ।
पिएसएलभी रकेटमा रहेको प्रोबा–३ मिसनका दुई उपग्रहहरू प्रक्षेपणको केही मिनेटपछि सफलतापूर्वक अलग भएका इसरोले सामाजिक सञ्जमालमा उल्लेख गरेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




