सोमबार सुनको भाउ बढ्यो, चाँदिको स्थिर

-



     सफल आवाज    
     मंसिर २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ रुपैयाँ ४ सयले बढेको छ । चाँदीको भाउ शुक्रबारकै कायम भएको छ ।

छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ स्थिर रहेर तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा नै कारोबार भएको थियो ।