महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ खुलाउदै

-



     सफल आवाज    
     मंसिर २६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २६ मंसिर । महुली लघुवित्त वित्तीय संस्थाले पुस ५ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई कुल जारी पूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ खुलाउने भएकाे हाे ।

लघुवित्तका अनुसार रूपैयाँ ४ करोड ७५ लाख ४४ हजार ९१५ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर खुलाइने भएकाे छ । यसका लागि शेयर लगानीकर्ताले पुस ९ गतेसम्म आवेदन दिन पाउने भएका छन्। ताेकिएकाे अविधमा पूरा आवेदन नपरेमा पुस १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

लगानिकर्ताले घटीमा १० कित्ता तथा बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्।

लघुवित्तको चुक्ता पूँजी रूपैयाँ ३२ करोड २३ लाख ७८ हजार ५८५ रहेको छ। एफपीओ बिक्ररीपछि चुक्ता पूँजी रूपैयाँ ३६ करोड ९९ लाख २३ हजार ५०० पुग्नेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।