गरिमा समृद्धि योजना पुस ७ गतेदेखि निष्काशन हुँदै

-



     सफल आवाज    
     मंसिर २६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २६ मंसिर । गरिमा क्यापिटल लिमिटेडले पहिलो म्युचुल फण्ड गरिमा समृद्धि योजना पुस ७ गतेदेखि निष्काशन गर्ने भएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरले रूपैयाँ १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

निष्काशन गरिने कुल इकाईबाट हुने कुल बिक्री ख्याको १४ प्रतिशत अथवा १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंककालागि हुनेछ । १० लाख इकाई योजना व्यवस्थापक रहेकाे गरिमा क्यापिटलका लागि र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि बिक्री हुनेछ ।

यसमा लगानीकर्ताले घटीमा १०० इकाई तथा बढीमा १ करोड इकाईका लागि आवेदन दिन पाउनेछन् । याे फण्डकाे संचालन मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत हुन्छ । फण्डको इकाईमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ।

ताेकिएकाे अविधसम्म पूरा आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । सकिनेछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेड रहेको छ।

यसकाे अवधि १० वर्षकाे रहकाे छ । इकाईमा लगानीकर्ताले सिआश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाउनेछन्।