आज सुनको भाउमा सामान्य बृद्धि, चाँदीको स्थिर

-



     सफल आवाज    
     पौष २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले बढेको जनाएको छ । चाँदी शुक्रबारकै भाउमा कारोबार भईरहेको छ ।

छापावाल सुनमा यसदिन रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
सोमबार छापावाल सुन तोलाको १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेर शुक्रबारकै भाउ तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा नै कारोबार भएको थियो ।