हिमालयन बैंक र मुक्तिनाथ विकास बैंकले लाभांश नदिने

-



     सफल आवाज    
     पौष २ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २ पुस । हिमालयन बैंक र मुक्तिनाथ विकास बैंकले यस पटक लाभांश नदिने भएका छन। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएका हुन् ।

दुबै बैककाे सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने तथा यसका बारेमा बैंककाे वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको बताइएकाे छ ।

गत आर्थिक वर्षसम्मकाे वितरणयोग्य मुनाफा, लाभांश वितरण नगरेर सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेकाे जनाएकाे छ ।