नेप्सेमा झिनाे अंकको बृद्धि, ४ अर्ब ३४ कराेडकाे काराेबार

-



     सफल आवाज    
     पौष २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ पुस । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ । शेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ ।

नेप्सेमा आएको समारात्मक लयले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ । तर कारोबार भने उत्साहजनक देखिएन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा पुगेको छ ।

नेप्सेमा ०.११ अंकले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.३७ अंकले बढेर ४५१.६६ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका वटामा हरियो लागेको छ ।

यसदिन कुल ३१८ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको ८९ करोड ३९ लाख ३४८ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७४० रुपैयाँ ५२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी जानकी फाइनान्स लिमिटेडको शेयर कारोबार भएको छ । फाइनान्सको २२ करोड २४ लाख ३ हजार ९६४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।