आज सुनको मूल्य बढ्यो, यस्ताे छ कारोबार दर

-



     सफल आवाज    
     पौष ७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ७ पुष । आज सुनको मूल्य बढेको छ । गत शुक्रबार ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएकाे छ ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ७५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको जनाइएकाे छ ।